धनवीर दाहाल‚ रुकुम । कान्छो जिल्लाको मान्यता पाएको रुकुम पुर्वमा सदरमुकामको विवादले समस्या दिइरहेको छ ।
रुकुमकोटमा सदरमुकाम घोषणा भएर सरकारी कार्यालयहरु समेत स्थापना भई काम भइरहेको भएता पनि देउवा सरकारले सदरमुकाम पुथाउत्तरगंगा गाँउपालिकाको गोलखाडामा राख्ने निर्णय गरेपछि विभाजित भएका रुकुम पुर्वका बासिन्दालाई यतिबेला प्रयाप्त कर्मचारी नहुँदा सरकारी काममा झन समस्या भएको छ । गाँउपालिका मात्र रहेको रुकुम पुर्वमा ३१ वडा छन् ।
३१ वडामा २३ वडामा वडा सचिव नहुँदा वडाबाट हुने दैनिक कामकाजमा बाधा पुगेको हो । बाँकी ८ वडा सचिवले सबै वडालाई चलाइरहेकोले पनि प्रभावकारी काम हुन नसकेको स्थानीयको गुनासो छ । यति मात्र होइन रुकुम पुर्व सिंगो जिल्लामा एउटा इन्जिनीयर सम्म छैन । यसै पनि नयाँ जिल्लालाई व्यवस्थित गर्न सजिलो नभएपनि सदरमुकाम विवाद र दैनिक कामकाजमा सचिव नहुँदा सेवाग्राही मर्कामा परेका हुन् ।
कर्मचारी जान नमान्नु र समायोजनको कारण पनि समस्या भएको बताइएको छ । जनप्रतिनिधिहरुलाई पनि काममा बाधा पुगेको छ । यद्दपी रुकुम पुर्वका प्रतिनिधि सभा सदस्य कमला रोकाले जिल्लालाई नमुना जिल्ला बनाउनका लागी सबै स्थानीय तहमा बिस बषर्े गुरु योजना तयार पारिएको जानकारी दिइन् ।
कर्मचारीको अभावका बावजुद पनि कार्ययोजना निमार्णमा पछि नपरेको उनले नेपालसमाचार पत्रलाई बताइन् । उनले “भनिन् २३ वडा सचिव छैनन्‚ बाँकि भएका ८ जना पनि नियमित नहुँनाले केही समस्या भएको छ ।” तर सम्बन्धीत निकायमा कर्मचारी व्यवस्थापनका लागी काम भइरहेको सांसद रोकाले बताएकी छन् । सांसद रोका सहितको रुकुम पुर्वको टोली रुकुम पुर्वको समग्र विकासका लागी संघिय सरकारसँग माग गर्न काठमान्डौमा बिभिन्न मन्त्रालयमा धाइरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।