ललित सिंह‚ बझाङ । कुनै दिनमा ग्रामीण भेगका स्थानीय बासिन्दा २० औ बर्ष अधि खानको लागी गाउँबाट मदेस गएर अन्न ल्याउने चलन थियो । त्यति खेर अन्न प्रशस्त फल्ने भएकै कारण तराईलाई मदेस भन्ने गरिएको बृद्धाहरु बताउछन ।
पन्ध बिस दिनको पैदल यात्रा गरेर डोटीको गोबघाट‚ कन्चनपुरको गड्डाचौकी‚ जस्ता छिमेकी जिल्लाहरुबाट बर्ष भरी खान पुग्ने गरी एक जना जवान मान्छेले एक कुण्डल बिस ३० केजी पिठ्ठीमा बोकेर जिबीको चलाउँदै आएका थिए । श्रीमान १५ देखि बिस दिनको समय पछि घर पुग्ने भएकाले उति खेरका ग्रनमीण भेगकी महिलाहरु अबआउन्छन् तबआउन्छन् (अब पुग्छन्‚तब पुग्छन्ं) भनेर डाँडाका कुरी बसिराख्थे ।
तर समय यत्तीमात्र फरककी उति खेर श्रीमान आउने बाटो हेरेर पर्खी बस्नु पर्ने थियो भने अहिले पानी आउने आशमा पर्खी बस्नु पर्ने बाध्यता रहेको जयपृथ्वी नगरपालिका ११ मयाना गाउँकी रामकली बोहराले बताइन् ।
उनले भनिन् पहिलेको जवानामा मेरी सासुले ससुरा आउन्छन् आउन्छन् भनेर डाडामा गएर घरी घरी हर्न जानु हुन्थ्यो तर अहिले जिल्लामा गाडी पुगेर खाद्यको केहि सुबिधा भए पनि पानीको लागी भने सासुले ससुरा आउने बाटो कुरे झै मैले पानी कतिखेर आउछ भनेर कुर्नु पनर्े बाध्यता रहेको बोहराले बताइन् ।
स्थानीहरू लाई खानेपानीको निकै हाहाकार भएको छ । खानेपानी नहुँदा खोला किनाराको पानी खान वाध्य भई यस क्षेत्रका बासिन्दाले दैनिकी जीवन चलाइ रहेका छन ।
जिल्लाको एकै नगरपालिका मात्र नभई खप्तड छान्ना गाउँपालिका‚ केदारस्युँ गाउपालिका‚ मस्टागाउपालिका‚ तल्कोट गाउपालिका‚ बित्थडचिर गाउपालिका र जिल्लाकै मुटु मानिने जयपृथ्बी नगरपालिकामा अवस्थित रहेको सदरमुकाम चैनपुरमा नै पानीको निकै हाहाकार भएको छ ।
सदरमुकाम चैनपुरमा घर बनाई स्थायी बसोबास गरेको ८ वर्ष भयो अहिले सम्म सेती सेती नदिबाट सिँचाइको लागी ल्याएको नहरबाटै पानी आउछ त्यस पानीबाटै अहिले सम्म चर्पीमा प्रयोग गरिरहेको छु ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।