काठमाडौं । आगामी जेठ १० गते काठमाडौंमा छायाँछवि क्रियसनले आयोजना गर्दै गरेको ‘डी सिने अवार्ड’मा हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोषणा गरेको छ।
यो वर्ष छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपाली कलाकारलाई लिएर नेपालमै पहिलोपटक निर्मित फिल्म आमाबाट नेपाली रजतपटमा प्रवेश गरेकी हास्य अभिनेत्री वसुन्धरा भुसाललाई प्रदान गरिने भएको छ।
साथै छायाँछवि चलचित्रकर्मी रजत सम्मान अभिनेत्री तथा निर्मात्री मौसमी मल्ल र निर्माता नरेन्द्र महर्जनलाई प्रदान गरिने भएको छ।
त्यस्तै छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार सञ्चारकर्मी श्याम अर्याललाई प्रदान गरिने भएको छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।