काठमाडाैँ । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘अनुराग’ काे दोस्रो रोमान्टिक गीत सार्वजनिक भएको छ ।
सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वर रहेको ‘यस्तो साथी तिम्रो बन्छु म’ बोलको गीतमा समुन्द्र पण्डितसंग एलिजा राेमान्टिक देखिएकी छिन् । यस गीतमा सत्यराज यसआरसीको शब्द, सरोज पोखरेलको सङ्गीत रहेको छ ।
सत्यराज चौलागाईले निर्देशन गरेकाे चलचित्रमा एरिका फिल्मस्को ब्यानरमा ऋषि धमलाको प्रस्तुति रहेको रहेको छ । अनुरागमा एलिजा र समुन्द्रको साथमा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहोन निरौला, विश्व बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र साउन २५ गतेबाट प्रदर्शनमा आउँदै छ ।
यसअघि डान्सिङ नम्बर ‘कान्छा दाइ गाना बजाई देउन’बोलको गीत सार्वजनिक भएको थियो ।
[youtube https://www.youtube.com/watch?v=NThPiWCtASc]
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।