भक्तपुर, गत वैशाख ३१ गते एक युवतीलाई करणी गरेको अभियोगमा प्रहरीले शुक्रबार काठमाडौँ, शंखरापुर–५ बस्ने ३० वर्षीय सन्तोष दंगाललाई पक्राउ गरीसार्वजनिक गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरी अनुसन्धान शुरु गरेको परिसरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिनुभयो । युवतीलाई भेट्नु छ भनेर बोलाई खाजा खाने बहानामा होटलमा पु¥याई करणी गरेको उजुरी परेपछि प्रहरीले दंगाललाई पक्राउ गरेको उहाँले बताउनुभयो ।
रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।