काठमाडौँ, स्नेहा ट्राभल मिडियाले नेपाली परम्परागत तथा जातीय खानालाई पर्यटनसँग जोड्ने प्रतियोगिता आयोजना गरेको छ ।
सो ट्राभल मिडिया नेपालले नेपाली खानालाई पर्यटनसँग जोड्न ‘सगतानी एक्जिम कलेज सेफ आइकन–२०१८’ गर्न लागेको हो । उक्त प्रतियोगितामा १२ कलेजका ३६ विद्यार्थीको सहभागिता रहने छ ।
जेठ १५ देखि असार ३० गतेसम्म नेपालमै पहिलोपटक हुन लागेको प्रतियोगितामा नेपाली परम्परागत खाना, आदिवासी खाना, कन्टिनेन्टल तथा इटालियन खाना, इण्डियन खाना र चाइनिज खाना बनाउन प्रतिष्पर्धा गराइनेछ ।
सहभागी विद्यार्थीलाई शनिबार युनिक्याम्पस पुतलीसडकमा तालीमसमेत प्रदान गरिएको स्नेहा ट्राभल मिडिया नेपालका प्रबन्ध निर्देशक सुरेशचन्द्र बस्नेतले जानकारी दिनुभयो । “नेपालका विभिन्न कलेजमा पढ्ने विद्यार्थीको क्षमता अभिवृद्धिका लागि कलेजलाई केन्द्रमा राखेर प्रतियोगिता आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार नगद र किचन सेट, दोस्रोलाई रु ३० हजार र किचन सेट र तेस्रोलाई रु १५ हजार र किचन सेट प्रदान गरिने आयोजकले जनाएको छ ।
रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।