नेपाल समाचारपत्र, काभ्रे ।
आफ्नै नागरिकता बनाउन नसक्दा श्रीमतिको विवाह दर्ता र छोराको जन्म दर्ता गर्न नपाएको भन्दै बनेपा नगरपालिका ८ ल्याएकुदरबार निवासि भोला प्रजापति इलाका प्रहरी कार्यालय बनेपा पुगेका छन् । साविक बनेपा ९ निवासि चन्द्रमान र यसोदा प्रजापतिका छोरा भेलाले आफुलाई नागरिकता बनाइदिने बताएपछि काकाकाकिले आफ्ना मातापितालाई शरिर बन्धक बनाइ राखेको जस्तो गम्भिर आरोप लगाउदै प्रहरीमा उजुरी समेत दिएको बताएका छन् ।
स्थानिय शिक्षा सदन माध्यामिक विद्यालयले जो जससंग सम्बन्धित छ भन्ने पत्रमा दिएको जानकारी अुनसार २०४६÷०४७ सालमा चन्द्रमान प्रजापतिका छोरा भोला प्रजापतिले कक्षा ३ को परिक्षामा सामेल भै प्रथम श्रेणिमा उत्तिर्ण भएको उल्लेख छ । भोलाको आमाको मतदाता परिचयपत्रमा पनि पतिको नाम चन्द्रमान प्रजापति उल्लेख छ । उनको आमाले काभ्रेबाट लिएको नागरिकता प्रमाणपत्र नम्बर १५३८५६ उल्लेख छ । स्थानिय बासिन्दाहरुले पनि भोला चन्द्रमान र यसोदाको छोरा भएको बताएका छन् ।
भोलाका एक छिमेकिको भनाई अनुसार यसोदाले चन्द्रमान संग विवाह गरि आउदा भोलालाई पनि ल्याएकि थिईन् । सानैमा आएका भोलाको विद्यालयमा बाबुको नाममा चन्द्रमानकै नाम छ । हामिले चन्द्रमानको छोरा भोलाको ब्रतबन्धमा भोज पनि खाएका थियौ भन्दै छिमेकिहरु भन्छन– अहिले नागरिकता किन बनेन थाहा भएन् । भोलाका बाबुआमाले नागरिकता बनाईदिनु पर्छ भनेपनि काका काकिले त्यो तिमिहरुको छोरा हैन नागरिकता बनाईदिनु हन्न भनि दबाब दिएको भोलाले नेपाल समाचारपत्रलाई बताएका छन् ।
परिवारमा किचलो भएपछि भोला र भोलाको आमाले अंश चलन र लिखत बदरमा मुद्धा समेत हालेको स्थानियले बताएका छन् । आफ्नो नागरिकता नहुदा श्रीमतिको विवाहदर्ता मात्र है आफुले समेत केहि काम गर्न नपाएको बताएका छन् ।
छोराको समेत नागरिकता बनाउने उमेर पुग्न लागिसकेको भन्दै भोलाले आफ्नो बाबुआमालाई आफैले पाल्ने वातावरण मिलाईदिन प्रहरीलाई भनेको बताएका छन् । कक्षा ८ मा अध्ययनरत उनको छोराको उमेर १५ वर्ष पुगिसकेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।