यमलाल भुसाल, बुटवल ।
क्रसर ब्यवसायीको भेलाले नेपाल खानी तथा क्रसर उद्योग ब्यवसायी महासंघ अन्तरगत प्रदेश नम्बर ५ को अध्यक्षमा गोपाल ज्ञवाली निर्विरोध निर्वाचित हुनु भएको छ ।
बुटवलमा भएको प्रदेशका ब्यवसायीहरुको भेलाले ज्ञवालीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष मीन बहादुर शाही, उपाध्यक्ष सुजित कुमार गुप्ता, उपाध्यक्ष शंकर योगी, महासचिव विकास श्रेष्ठ, सचिव अनद कुमार देवकोटा, कोषाध्यक्ष लब अधिकारी तथा सदस्यहरुमा गणेश उपाध्याय, लक्ष्मण ज्ञवाली, विरेन्द्र अग्रवाल, राम सेवक, श्रीधर महरा, टिकाराम भुसाल, सुशिल उप्रेती, कृष्ण सुवेदी, लोकेन्द्र बिसी, विश्वराज आचार्य निर्विरोध निर्वाचित भएका छन ।
भेलालाई महासंघका केन्द्रिय अध्यक्ष उमेश शेरचनले मुलुक प्रदेश संरचनामा गएसंगै आफनो ब्यवसायीहरुलाई प्रदेश संरचनामा लैजाने र एकिकृत गर्ने लक्ष्यसहित अघि बढेको बताउनु भयो ।
भेलामा बोल्दै नवनिर्वाचित अध्यक्ष ज्ञवालीले प्राकृतिक सम्पदामा पाँच नम्बर प्रदेश धनि रहेकाले पनि यसको सही ढंगबाट उपयोग गर्दै अघि बढ्ने गरि सरकारबाट योजना बनाउन सुझाव दिनु भयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।