इनरुवा । सुनसरीको धरान उपमहानरपालिकामा अदुवा र बेसारको बजारीकरणमा सहजता प्रदान गर्न भण्डारगृह निर्माण अघि बढाइएको छ ।
पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अदुवा र बेसारको बजारीकरणमा सहजता प्रदान गर्न भण्डारगृह निर्माण थालिएको हो । यसबाट अदुवा र बेसार निर्यातमा वृद्धि हुने व्यापारीको विश्वास छ ।
धरानस्थित कृषि उपज बजारस्थलमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अदुवा–बेसार जोन कार्यान्वयन इकाइको सहयोगमा भण्डारगृह निर्माण भइरहेको जोन कार्यान्यवन इकाइका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो । कूल रु ५० लाख ९९ हजारको लागतमा भण्डारगृह निर्माणका लागि कृषि उपज बजारस्थलको रु नौ लाख सात हजार स्थानीय लगानी रहेको कृषि उपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो ।
अहिले बजारबाट अदुवा र बेसार धुलाई, ग्रेडिङ र प्याकेजिङ नगरी सिधै भारतीय बजारमा पठाउने गरेका कारण भारतीय नाकामा गुणस्तरीय नभएको भन्दै समस्या भोग्नु परेको व्यापारीको गुनासो छ । बजारीकरण र गुणस्तरमा देखिएका समस्या समाधान गर्न तथा कारोवारमा समेत वृद्धि हुने उद्देश्यका साथ भण्डारगृह निर्माण गर्न लागेको कृषि उपज बजारस्थलका अध्यक्ष काजी गिरीले बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।