यतिबेला बलिउड अभिनेत्री करिना कपुर अाफ्नाे अाउन लागेकाे फिल्म ‘वीरे दी वेडिंग’ काे प्रमाेशनमा व्यस्त छिन् ।
करिना कपुर खान मिडियासंगका कुराकानीमा इमान्दारीपूर्वक प्रश्नकाे जवाफ दिने अभिनेत्रीमा पर्छिन् । हालै मात्र उनले पत्रकारसंगकाे अनतरसंवादमा अाफू नारीवादी नभएपनि समानतामा विश्वास राख्ने बताइन् ।
नारीवादका बारेमा पत्रकारले साेधेकाे प्रश्नमा उनले भनिन्- ‘म याे भन्दिन कि म नारीवादी हुँ। म समानतामा विश्वास राख्छु । म एक महिला हुँ र त्याेभन्दा माथि म मानव हुँ, अगाडी उनले भनिन ‘मलार्इ सैफ अली खमाकी पत्नीकाे रूपमा चिनिँदा पनि मलाइ उत्तिकै गर्व लाग्छ, जति मलार्इ करिना कपुर भएर चिनिँदा छ । किनकि म यस्तै नै छु ।
फिल्म ‘वीरे दी वेडिंग’ सहरी परिवेशमा बस्ने चार युवतीकाे कथामा अाधारित छ । याे फिल्म जुन १ मा रिलिज हुँदै छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।