समाचारदाता ,
६ श्रावण,चोरमारा नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले सञ्चालन गरेको सप्ताहा व्यापि जनचेतना मुलक कार्यक्रम अन्तर्गत शुक्रवार चोरमारामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीको आयोजना तथा ट्राफिक पोष्ट चोरमाराको सायोजना स्थानिय सरोकारवालाहरुका विच दुर्घटना न्युनिकरणका विषयमा छलफल भएको हो । कार्यक्रममा मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्र वाहादुर राना , उप प्रमुख ओमकुमारी महत्तो , इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी राजेश थापा , जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलरासीका प्रमुख धवेन्द्र रावल , मध्यविन्दु नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष अमृत ज्ञावालि सहित विभिन्न यातायात व्यवसायि समितीका प्रतिनिधीहरुले वोल्नु भएको थियो । सो अवसरमा वोल्दै सारोकारवालाहरुले वढदो सवारी दुर्घटना चिन्ताको विषय भएको वताउदै यसको रोकथामका लागि सर्वसाधारण जनताहरु लाइ नै जनचेतना अभिवृद्धि गर्नु पर्ने वताउनु भएको थियो । राजमार्गको विग्रिएको अवस्था अनि चालकहरुको लापरवाहिले सवारी दुर्घटना वढेको वताइएको थियो । चालकहरुले विशेष चनाखो भइ सवारी चलाउनु पर्नेमा तिव्रगतिमा सवारी चलाउने परिपाटिले पनि सवारी दुर्घटना वढेको सो अवसरमा औल्याइएको थियो । सो अवसरमा सारोकारवालाहरुले सवारीदुर्घटना न्युनिकरणका विषयमा भावि योजनाका वारेमा प्रकास पार्नु भएको थियो । त्यसैगरी विभिन्न क्षेत्रका व्यत्तिहरुले दुर्घटना न्युनिकरणका लागि सुझाव प्रस्तुत नर्गु भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरु सहित करिव २ सय जनाको उपस्थिति रहेको थियो ।