७ साउन, पाल्पा। नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमुख्य सचिव शोभाखर पराजुलीले स्थानीय तह निर्वाचनले जनताले आफ्नो अधिकार गाउँमै पाएको बताउनुभएको छ । उहाँले जनताले सदरमुकाम पुगेर गर्ने धेरै काम गाउँमै पाउने भएकाले धेरै सुविधा थपिएकोसमेत बताउनुभयो ।
नेपाली कांग्रेस पाल्पाले तानसेनमा ३५ औ विपी स्मृति दिवसको अवसरमा राखेको सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सिंहदरबारको अधिकार गाउँमा पुगेकाले यसलाई अवसरका रुपमा लिएर काम गर्न आग्रह गर्नुभयो । उहाँले जनतालाई अब विकास निर्माण र गाउँमा सरकार भएको अनुभूति दिलाउन पूर्वकेन्द्रीय सदस्य पराजुलीले नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । कार्यक्रममा कांग्रेस नेता पराजुलीले नवनिर्वाचित जनप्रतिनिधिले अबका दिनमा स्थानीय तहमा विकास निर्माण, स्रोत परिचालन, कानुनी प्रबन्ध, वित्त व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिनुभयो ।
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य राजनप्रसाद पन्तले जनताको अधिकार अब गाउँमै पुगेकाले यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय तहको अधिकारका विषयमा केही अन्योल रहेपनि कानून बनाएपछि समाधान हुने उहाँले बताउनुभयो । पूर्वकेन्द्रीय सदस्य पन्तले जनताले निर्वाचित गराएर पठाएकाले अब जनताको आशा र भरोसाका रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । विजयी हुन नसक्नेहरुले पनि अब छाँया सरकारका रुपमा काम गरेर जनताको मन जित्नुपर्ने बताउनभयो ।
नेपाली कांग्रेसका सभापति वीरबहादुर रानाले र संविधानपछि भएको स्थानीय तहको निर्वाचनले जनतामा केही आशा पलाएको अवस्थामा यसलाई सही तरिकाले अगाडी बढाउन सुझाव दिनुभयो । जिल्लाका चार तहका प्रमुख, तीन तहमा उपप्रमुखस, ८१ मध्य ३७ वडा र सदस्यगरी १ सय ७६ पदमा निर्वाचित भएकाले अब जनताको काम गर्नमा सबैको ध्यान पुग्नुपर्नेमा सभापति रानाले जोड दिनुभयो । हिजोका दिनमा जनप्रतिनिधि नहुँदासमेत सेवा दिँदै आएको अवस्थामा अब अझै बढी जिम्मेवारी बढेको बताउनुभयो ।
नेपाली कांग्रेसका उपसभापति देवराज ढकालले स्थानीय तहको निर्वाचनले संगठनलाई बलियो बनाएर लैजानुपर्नेमा सबैको ध्यान पुग्नुपर्ने बताउनुभयो । उहाँले जनतालाई अधिकार गाउँघरमै पुगेको अवस्थामा अझै क्रियाशील भएर जनतालाई रिझाउन पर्नेमा जोड दिनुभयो । कांग्रेस सचिव अजयमान कर्माचार्यले जनताको अधिकारलाई अझ जिम्मेवारपूर्ण तरिकाले काम गर्दै आगामी दिनमा कांग्रेसलाई सशक्त बनाउन सबैको सहयोग हुनुपर्ने बताउनुभयो । नवनिर्वाचित रामपुर नगरपालिकाका मेयर तथा कांग्रेस महासमिति सदस्य रमणबहादुर थापाले जनताका धरै इच्छा, आकांक्षा भएको अवस्थामा अझ बढी जिम्मेवार भएर काम गर्नुपर्ने बेला आएको बताउनुभयो ।
नेपाली कांग्रेसका क्षेत्र नम्बर ३ का सभापति तथा रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्की, क्षेत्र नम्बर २ का सभापति तथा बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल, क्षेत्र नम्बर १ का सभापति तथा माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले जनताले पहिर्याएका माला र अविरको कणकणमा आशा र भरोसा रहेको बताउनुभयो । महासमिति सदस्य हिमालदत्त श्रेष्ठ, सुनिता अधिकारी, नेपाल महिला संघकी केन्द्रीय सदस्य रमा पन्त, नेविसंघका अध्यक्ष कृष्णबहादुर आले लगायतले जनतको अभिमतको कदर गर्दै आगामी दिनमा जनताको सेवामा अहोरात्र खटिन जनप्रतिनिधिलाई सुझाव दिनुभयो । सोही अवसरमा कांग्रेसले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । नगरपालिकाका प्रमुख, उपप्रमुख गाउ“पालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडा सदस्यमा बिजेता १ सय ७६ जनााई कांग्रेस नेताहरु शोभाखर पराजुली, राजन पन्त र पार्टी सभापति बीरबहादुर रानाले सम्मानपत्र, दोसल्ला र अविर लगाएर सम्मान गर्नुभयो । सोही कार्यक्रममा उपबिजेता बन्ने पार्टीका उम्मेदवारहरुलाई धन्यवादपत्रसमेत प्रदान गरेको थियो । पार्टी उपसभापति देवराज ढकालको स्वागत, सचिव झपेन्द्र गहिरेको संचालन र पार्टी सभापति वीरबहादुर रानाको अध्यक्षतामा कार्यक्रम चलेको हो ।
तस्विर पनि छ ।