काठमाडौं । फिल्म ‘कान्छा बाबु’ नयाँ रिलिज मिति तय गर्दै फस्टलुक रिलिज गरिएको छ । सलोन बस्नेत र करिस्मा श्रेष्ठको मुख्य भुमिका रहेको यो फिल्म असार २९ गतेबाट दर्शकमाझ रिजिमा आउने भएको छ ।
यो फिल्मलाई अभिनेता सलोनका बुबा सोबित बस्नेतले निर्देशन गरेका हुन् । फिल्ममा अभिनेता सलोन, राजाराम पौडेल, लय संग्रौला, नीर शाह, सरोज खनाल, करिश्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा लगायतको मुख्य भुमिका रहेको छ । यो फिल्ममा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको छ ।
यो फिल्मको कार्यकारी निर्माताको रुपमा रवि अधिकारी छन् भने सह निर्माताको रुपमा सन्तोषराज भण्डारी र सुरज घिमिरे रहेका छन् । यो फिल्मको रिलिज मिति गतबर्षको मंसिरलाई तोकिएको थियो, तर विविध कारण रिलिजमा आएको थिएन ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।