मुम्बई । बलिउडमा सेलीबे्टीहरुको ब्रेकअप र प्याचअपको खवर एक पछि अर्को चलिरह्रन्छ ।पछिल्लो समय रणवीर कपुर र आलिया भट्ट बिचको प्रेम प्रसंगले बलिउडमा चर्चा बटुलीरहेको छ। सोनमको विवाहमा आलिया र रणवीर एक अर्काको हातमा हात राखेर विना शंकोच फोटो सुट गराएलगत्तै अनेकौं अड्कल बाजी गर्न थालिएको यी जोडीको सम्बन्धलाई बल पुग्ने पछिल्ला केहि प्रमाणहरुले झन् पुष्टी गरेको छ ।
आलियासँगको सम्बन्धबारेमा कुनै पनि प्रतिक्रिया नदिएका रणबीरले हालै आलियाबारे सोधीएको एक प्रश्नको जवाफमा आलियासँग आफ्नो क्रस रहेको खुलासा गरेका थिए त्यस्तै आलियासँग रणबीरसँगको सम्वन्धबारे सोधीएको प्रश्नमा ‘मेरो गाला रातो भइरहेको छ र म कन्ट्रोल गर्न सकिरहेको छैन्।’ भन्ने जवाफ दिएकी थिईन् । पहिल्लो केही समय यता आलिया र रणबीर एक अर्कालाई डेट गरिरहेका खबरहरु आईरहेका छन् ।
रणवीर आलिया दुबै अहिले फिल्म ‘ब्रह्रास्त्र’मा एकैसाथ काम गरिरहेका छन्। त्यसैगरी रणवीरका पिता ऋषि कपूरले मंगलबार भट्ट परिवारलाई धन्यवाद दिंदै एक ट्वीट दिए भने रणवीरकी आमा नीतू कपुरले पनि आलियासँग प्रेम दर्शाउँदै हिमचीम बढाएकी छन् जसले झनै यी जोडीको प्रेम सम्बन्धलाई थप पुष्ट्याएको छ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।