काठमाडौं । अभिनेता दयाहाङ र सुरक्षा पन्त अभिनित फिल्म ‘भैरे’को रिलिज मिति सारिएको छ । फिल्मका निर्माण पक्षका अनुसार जेठ १८ बाट दर्शकमाझ रिलिज गरिने भनिएको यो फिल्म अब श्रावण ४ गतेबाट मात्र दर्शकमाझ रिलिजमा आउने भएको छ ।
यो फिल्मको निर्माण पक्षले नेपाल चलचित्र निर्माता संघले आन्दोलनको घोषणा गरेपछि ट्रेलर रिलीज स्थगीच गरेको थियो । साथै निर्माता संघको आन्दोलन सहमतिमा टुंगिएपछि प्रचार प्रसारको लागि समय कमी भएपछि रिलिज मिति सार्नु पर्ने बाध्याता भएको निर्देशक एभरेष्ट सुर्य बोहराले जानकारी गराए ।
यो फिल्ममा दयाहाङ्ग राई, सुरक्षा पन्त, सुनिल थापा, बुद्दि तामाङ्ग, अर्जुन गुरुङ्, जान्हवी बोहरा, बिक्रान्त बस्नेत, बर्षा सिवाकोटी, जयनन्द लामा, अनुभव रेग्मी लगायतको मुख्य भुमिका रहेको छ ।
फिल्मलाई प्रेम प्रसाद पौडेल र देवीमायाले निर्माण गरेका हुन् । पुरुषोत्तम प्रधानले छायांकन गरेको यो फिल्मको कथा निर्देशक बोहराले लेखेका हुन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।