काठमाडौं, (नेस)
तत्कालीन नेकपा माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने निर्णयका विषयमा लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको छ। शुक्रबार न्यायाधीश दीपककुमार कार्कीको इजलासले ढुंगेललाई आममाफी दिनुपर्ने कारणबारे लिखित जवाफ पेस गर्न आदेश दिएको छ। हाल ढुंगेलले ज्यान मुद्दामा सजाय भोगिरहेका छन्।
बिहीबार अधिवक्ता दिनेश त्रिपाठीले जन्मकैद सजायको फैसला सुनाइएका ढुंगेललाई जेलमुक्त गर्न नहुने भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको थियो। सरकारले गणतन्त्र दिवसको अवसरमा वाँकी कैद माफी दिने गरी प्रक्रिया थालेको भन्दै तत्काल सो प्रक्रिया रोक्न अधिवक्ता त्रिपाठीको माग छ।
ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा सरकारले कैदी माफी दिने कुरा बाहिर आएपछि सरकारको प्रक्रियाविरुद्ध त्रिपाठीले सर्वोच्चमा रिट दायर गराउनुभएको हो। कारागार व्यवस्थापन विभागले आममाफी पाउने कैदीको सूची राष्ट्रपति कार्यालयमा बुझाइसकेको छ। ढुंगेललाई प्रहरीले २०७४ कात्तिक १४ गते पक्राउ गरेको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।