
काडमाडौं। करिब एक सय लासको सदगद् गरेर सामाजिक सेवामा छुट्टै ख्याति कमाएका ‘एक्सन फर सोसल चेन्ज’का अध्यक्ष विनयजंग बस्नेत जाँड, रक्सी, लागू औषध तथा दुव्र्यसनी विरुद्ध जनचेतना फैलाउने लक्ष्यका साथ दुई दर्जनको एक कलाकारकोटोली सहित शनिवार बिहानै काभ्रेको नमोबुद्धतर्फ पाइला चालेका छन् ।
‘एक सोचले मानिसको जीवन परिवर्तन गर्छ,जाँड रक्सीको दुर्व्यसन प्रत्येक गाउँबाट अब निर्मुल हुनुपर्छ ।’ भन्ने मूल नाराका साथ अध्यक्ष बस्नेतको टोलीले बिहान ११ बजे नमाबुद्ध नगरपालिकाको कोट तिमालमा उक्त जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दैछ ।
कार्यक्रममा अध्यक्ष बस्नेतले आफ्नो विगतमा आफ्नो अवस्थाबारेमा पनि जानकारी गराउँने छन् । साथै ‘सामाजिक रूपान्तरणका लागि जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज, युवा र महिला समूह र सामाजिक’ विषयक नामक अन्तरक्रिया कार्यक्रम पनि चल्ने अध्यक्ष बस्नेतले जानकारी दिएका छन् ।
सरकारले सहर र गाँउहरुलाई खुल्ला दिशा पिसाब मुक्त बनाउने अभियान चालिरहँदा विनयजंग बस्नेतहरु भने गाउँ गाउँलाई दुव्र्यसनी र वेवारिसेरहित बनाउने अभियानमा होमिएका छन् । उक्त कार्यक्रमको संयोजकत्व इश्वरराज तामाङ, सन्तवीर लामा, शेरबहादुर तामाङ, हिराकाजी तामाङ, छेवाङ लामा, चित्र लामा, सुजन लामा र युवा परिवारले गरेको छ । विगतमा कुलतमा फसेर जीवन डामाडोल बनाएर बेवारिसे भई हिँड्ने बस्नेत अहिले गाउँ गाउँमा जाँड, रक्सी दुव्र्यसनीरहित स्वच्छ समाजको निर्माण गर्नका लागि घामपानी नभनी लागिपरेका छन् ।
विगतमा आफू जस्तै कुलतमा फसेका युवाहरूलाई जनचेतना दिलाउन एक्सन फर सोसल चेन्ज नामक संस्थाबाट अहोरात्र खटिएका छन् । हाल संस्थाले बेवारिसे लासको पनि व्यवस्थापन गर्दै आएको छ । उनी भन्छन्, कुलतमा लागेकाहरुलाई हप्काएर, सजाय दिएर, जेलमा राखेर होइन सही निर्देशन दिइनुपर्छ ।’
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।