टंक सुनार
रुपन्देही ,साउन ७ । रुपन्देहीको देवदहमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ । सर्पले डसेर देवदह–७ का ४० बर्षिय मन बहादुर दर्जीको मृत्यु भएको हो । सर्पले डसेपछि उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको पारीवारीक स्रोतले जानकारी दिएको छ ।
देवदहमा पछिल्लो पटक सर्प दंसको घटना बढ्न थालेको छ । रातीको समयमा सकेसम्म बाहिर ननिस्कने निकस्कनै परे टर्च लाइटको प्रयोग गर्ने, राती सुत्दा झुलको प्रयोग गर्ने, घरमा भएका प्वाल टाल्ने गर्नाले सर्प दंशबाट जोगिन सक्ने जानकारहरुले बताएका छन ।