काठमाडौं । हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले ‘काली गोरी मोटी नेप्टी जे भने पनि महुँ नेपाली छोरी’ बोलको गीत सार्वजानिक गरेकी छिन् । मिनाको पहिलो गीतमा झन्डै १६ गुणा डिस्लाईक आएको छ । यसपालि भने मिनाका लागि खुसीको समाचार छ । किन की दोस्रो गीतमा डिस्लाईक भन्दा लाइक बढी आएको छ ।
यो समाचार तयार पार्दासम्म पहिलो गीतमा सात हजार नौँ सया डिस्लाइक छ भने, लाइक पाँच सय रहेको छ । ‘काली गोरी मोटी नेप्टी जे भने पनि महुँ नेपाली छोरी’ बोललको दोस्रो गीतमा २२ सय लाइक छ भने १८ सय डिस्लाइक रहेको छ । यो मिनाको लागि खुसीको खबर मानिन्छ किन की उनले पहिलो गीतमा भन्दा दोस्रो गीतमा दर्शकले बढी मन पराएको छ ।
उनको दोस्रो गीतको कमेन्टहरूमा धेरैले अघिल्लो भन्दा केही सुधार भएको जनाएका छन्, भने कतिपयले फेरि पनि खिल्ली उडाएका छन् । मिना ढकाल आफैँले यो गीत लेखेकी हुन् । पहिलो गीतमा मिना आफैँले अभिनय गरेकी छिन् भने दोस्रो गीतमा विवादास्पद मोडल सोनिका रोकायालाई गराएकी छिन् । सोनिका यूट्यूवमा उछृंखल हाउभाउ र पहिरनले गर्दा विवादित छन् । तर यो गीतमा भने सोनिका शालीन देखिएकी छिन् । गीतको भाव अनुसार उनले साडी चोलो लगाएकी छिन् ।
कतिपयले उनको प्रशंसा गरेका छन् भने कतिले खिल्ली पनि उडाएका छन् । कमेन्टमा कतिपयले त सोनिकाको जोडी रत्नपार्कको हिरो भनेर चिनिने मुकुन्देसँग बनाएको भए फिट हुने बताएका छन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।