कृष्णउदास खनाल, वीरगन्ज
तनहुँको दमौलीमा सडक दुर्घटनामा परी पर्साको तीन जनाको मृत्यु भएपछि उक्त गाउँ नै शोकमा डुबेको छ । आइतबार भएको दुर्घटनामा परी जिरा भवानी गाउपालिका वडा ५ हरैया निवासी संजय राउत थारु, राजाराम राय, पटेर्वा सुगौली वडा नं ५ निचुटा निवासी धिरज चौधरको मृत्यु भएको खबर थाहा पाएपछि स्थानीयहरु शोकमा डुबेका हुन् । पर्सागढी नगरपालिकाको बडेर्वा निवासी घाइते भोला गौरो थारुको उपचार गण्डकी शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको बताइएको छ ।
ना. ५५ प. १५९४ नंको मोटरसाइकलमा सवार चारै जना पोखराबाट काकडभिटा तर्फ गई रहेका ना ५ ख ३०२२ नंको यात्रुरुबाहक बसमा ठोकिदा घटना स्थलमा दुइ जनाको मृत्यु भएको थियो । पोखरा घुम्न भनी गएका उनीहरुको आफन्त घर सहित गाउँमा नै रुवाबासी चलेको स्थानीय शिक्षक ओम प्रकाश चौधरीले जानकारी दिएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।