हेटौंडा । सरकारी निर्णयविरुद्ध यातायात सञ्चालन नगर्ने मकवानपुरका सात समितिको रुट खारेजी सिफारिस गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सिण्डिकेटको पक्षमा सवारी सञ्चालन नगर्ने यातायात समितिको रुट खारेज सिफारिससहित यातायात व्यवस्था विभागमा पत्राचार गरेको हो ।
मकवानपुरको नारायणी यातायात, टेम्पो तथा मझौला, मध्यमाञ्चल पेट्रोलियम ढुवानी, मध्यमाञ्चल यातायात, मकवानपुर पेट्रोलियम डिलर्स, मनहरी लोकल ढुवानी व्यवसायी र मकवानपुर ढुवानी व्यवसायी समितिको रुट खारेजीसहित कारबाहीका लागि विभागलाई पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।