टंक सुनार
रुपन्देही, साउन ९ । बुटवलमा सोमबार एक कार्यक्रमका बिच सामाजिक सञ्जालमा क्रियाशिल समुहले विपन्न बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा क्रियाशिल हेण्डसम सुनार भर्सेस सुनार्नी समुहले बुटवल–१७ मोतीपुरमा रहेको जनशक्ति नमुना भीम प्रसाद गोमता न्यौपाने आधारभुत विद्यालयका ६७ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको समुहले जानकारी दिएको छ ।
शैक्षिक सामाग्री अन्र्तगत ५० जनालाई कपि कलम र १७ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरीएको थियो । समुहले यसअघि पनि विभिन्न परोपकारका कार्यहरु गरीसकेको छ । सामाजिक सञ्जालको दुरुपयोगका कारण विभिन्न सामाजिक समस्याहरु देखिरहेको समयमा मनोरञ्जनका लागि बनाइएको समुहले समाजलाई प्रत्यक्ष फाइदा हुने कार्य गरेको हो । विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष भिम प्रसाद न्यौपानको अध्यक्षता, बरीष्ठ सामाजसेवी एम.बि बिश्वकर्माको प्रमुख आतिथ्यता, काग्रेसका बाबुराम घिमिरे,एमालेका जंग बहादुर खत्री, माओवादीका गंगाराम ढकालको आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रम राजकुमार घतानेको स्वागत र फुलु सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।