९ साउन, सचिन पंगेनी
आज साउन महिनाको दोस्रो सोमबार, नवलपरासी चितवन लगायत देशैभरका शिव मन्दिरहरुमा दर्शनार्थीको भिड लागेको थियो । साउन महिना भगवान शिबको प्रिय महिना भएकोले यो महिनामा पुर्णरुपमा शाकाहारी भएर ब्रत बस्नाले चिताएको पुग्ने र पुण्य प्राप्त हुने बिश्वास राखेर पुर्ण निष्ठा र आदरका साथ भगवान शिवको पुजा आराधना गरिन्छ ।बिवाहित तथा अबिवाहित महिलाहरुले हातमा हरियो पहेँलो चुरा , मेहन्दी र गेरुवा बस्त्र धारण गरेर शिब महिमा गाउँदै तलाउ, कुण्ड, नदीमा स्नान गरेर पवित्र भई शिवालयमा पुगेर बेलपत्र , जल, दूध, भाङ, धतुरो लगायतका सामाग्रीहरु चढाएर भगवान शिवको पुजाआराधना गरेका छन ।
।हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।
साउने सोमबारको अवसरमा आज सुनवलमा रहेका शिवालय सोमनाथ बाबा , कैलाशेश्वर शिवालय मान्दिर ,बैरागनाथ शिवालय मन्दीरहरु लगायात त्रिवेणीधाम पवित्र धार्मीक क्षेत्र देवघाट धाम र चितवनका विभिन्न शिवालय मन्दीर विहानैदेखी भक्तजनको घुईचो लागेको थियो ।मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुले चोखो गरी विभिन्न पूजा आराधना गरेर विशेषरूपमा मनाउँछन्।