एजेन्सी । अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपुरले बलिउडमा डेव्यु गर्दैछन् । उनको पहिलो फिल्म ‘धड्क’ यसै वर्षको जुलाई २० तारिखबाट दर्शकमाझ रिलिजमा आउँदैछ । भेट्रान अभिनेत्री श्रीदेवीकी छोरी भएकै कारण पनि दर्शकहरु यो फिल्म हेर्न निकै उत्साहित छन् ।
यो फिल्म रिलिज अगावै जाह्नवी कपुरले एक म्यागजिनको लागि फोटोशुटसमेत गराईसकेकी छन् । उनले Vogue म्यागजिनको जुन एडिशनको लागि फोटोशुट गराएकी हुन् । अहिले जाह्नवीको यसै फोटोशुट सामाजिक सञ्जालमा छाईरहेको छ ।
Vogue म्यागजिनको कभरमा जाह्नवीको तस्वीर छापिएको छ भने म्यागजिनले जाह्नवीको सो तस्वीरलाई इन्स्टाग्राममा सेयर गर्दै लेखेको छ ‘स्टार जन्मेको छ ।’ तस्वीरमा जाह्नवी निकै ग्ल्यामरस देखिएकी छन् । फोटोमा उनी मल्टिकलरको लाइट शेडेट प्रिन्ट पहिरनमा देखिएकी छन् । यस स्टाइलिश पहिरनको लागि उनले डेनिम ज्याकेटका साथ टिमअप गरेकी छन् ।
जाह्नवीको यस मोडर्न अन्दाज फ्यानहरुले निकै रुचाएका छन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।