अाफ्नाे समयका चर्चित नायक हुन् बलिउड अभिनेता सञ्जय दत्त । यीनै नायककाे जीवनमा अाधारित भएर बनाएकाे फिल्मकाे ट्रेलर सार्वजनिक भएकाे छ ।
भनिन्छ अभिनेता सञ्जय दत्तले जेलजीवन बिताउने क्रममा आत्महत्याको प्रयास गरेका थिए । हालै सार्वजनिक भएकाे उनको जीवनीमा आधारित फिल्मको ट्रेलरले पनि यसै भन्छ।
मुम्बई बम विस्फोटन काण्डमा उनी जेल परेका थिए । लामो सयम जेलजीवन बिताएका सञ्जय दत्तले जेलमा आत्महत्याको प्रयास गरेको खबर बाहिरिएका थिए । यस्तै उनकाे जीवनीमा आधारित फिल्म सञ्जुको ट्रेलरमा पनि उनले जेलमा आत्महत्याको प्रयास गरेको देखाइएको छ। ट्रेलरमा उनको निजी जीवनलाई लिएर केही रमाइला र केही विवादास्पद प्रसंगको तमाम खुलासाहरु समावेश गरिएको छ।
सन् १९९३ मा मुुम्बईमा भएको सिलसिलाबद्ध बम विस्फोटनमा धेरै बलिउड हस्तीको नाम जोडिएको थियो। जसमा सञ्जयमाथिको अभियोग प्रमाणित भएपछि उनलाई जेल सजाय दिइएको थियो। उनीमाथि अन्डरवल्र्ड डन अबु सलेम र रियाज सिद्दिकीबाट अवैध बन्दुकको डेलिभरी लिएको, त्यसलाई राखेको र पछि नष्ट गरेको अभियोग लगाइएको थियो। उनको घरमा भेटिएका हतियार बम जस्ता प्रमाणहरुको आधारमा उनलाई एक महिनापछि प्रहरीले पक्राउ गरेको थियो।
केही समयअघि जेलबाट निस्किएका सञ्जय अाजभाेली फिल्म क्षेत्रमा सक्रिय छन्।
उनकाे जीवनीमा आधारित रहेर बनेकाे फिल्म सन्जुमा अभिनेनता रणवीर कपुर सञ्जय दत्तको विभिन्न अवतारमा देखिएका छन् भने उनीसंगै, मनीषा कोइराला,अनुष्का शर्मा, दिया मिर्जा, सोनम कपुर, परेश रावल, बमन इरानी र विक्की कौशलकाे समेत अभिनय रहेकाे छ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।