नेपाल समाचारपत्र, भद्रपुर ।
१३ बर्षीया बालिकालाई भारत लैजाने एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ८ का अन्दाजी २४ बर्षीय फरे परबतिया शेख रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
शेखलाई भारतीय प्रहरीको सहयोगमा किशनगञ्ज जिल्ला अन्तरगत गलगलिया क्षेत्रबाट पक्राउ गरी ल्याइएको वडाका इन्सपेक्टर प्रकाश जवेगूले जानकारी दिए । भद्रपुर ५ की १३ बर्षीया बालिका अलिशा खातुनलाई उद्दार गरिएको उनले बताए ।
घटना विवरण अनुसार युवक शेखले गत चैत २७ गते बालिका खातुनलाई घरमा कसैलाई थाहा नै नदिई बजार घुमाउने क्रममा उनलाई भारतको विहार राज्यस्थित कटिहारतर्फ लगेको आरोपमा पीडित परिवारजनले प्रहरीमा उजुुरी दिएका थिए ।
भारतमा रहेको थाहा पाएलगतै परिवारजनले घट्ना भएको झण्डै २ महिना बित्न लागेपछि जेठ ११ गते वडा प्रहरीमा लिखित उजुरी दिएको आधारमा भारतीय प्रहरीको सहयोगमा बालिकालाई सकुशल उद्दार गरि परिवारजनको जिम्मा लगाइएको छ, भने युवकलाई वडा प्रहरी कार्यालयमा थप अनुसन्धानका लागि राखिएको प्रहरी निरीक्षक जवेगूले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।