काठमाडौँ । ‘लिलिबिली’ निर्देशक मिलन चाम्स्ले नयाँ फिल्म बनाउँदैछन् जसमा नायकको रुपमा अनमोल केसीलाई फाईनल गरीएको छ ।मिलनले अनमोललाई लिएर बनाउन लागेको फिल्मको नाम के हुने भन्ने चर्चाको विषय बनेको थियो ।हाल आएर उक्त फिल्मको नाम ‘ब्याचलर बन्टी’ राखिएको छ ।
३ करोडको लागतमा बन्न लागेको यस फिल्ममा अनमोलले महंगो पारीश्रमीक लिएको हल्ला आएतापनि उनीहरु दुवै पक्ष सोबारे खुल्न चाहेनन् ।’ब्याचलर बन्टी’मा हिरोईन को हुने भन्नेबारे फाईनल भईनसकेको निर्माताले बताए ।
यद्यपी फिल्म युनिट नयाँ नायिकाको खोजी गर्दैछ ।प्रेमकथामा आधारीत हुने यस फिल्मका अधिकांश दृश्य विदेशमा खिचिने बताईएको छ ।हालै झरना थापाको छोरीसँग स्क्रीन शेयर गर्नेगरी फिल्म ‘ए मेरो हजुर ३’को लागि अनुबन्धीत भएका अनमोल यतिखेर फिल्म ‘क्याप्टेन’को शुटींगमा ब्यस्त छन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।