१० श्रावन , गैँडाकोट । जगंल क्षेत्रमा छाडिने छाडा पशुहरुको राजका कारण गैँडाकोटका स्थानियहरुले विभिन्न समस्या झेल्न बाध्य भएका छन । छाडा चौपायाका कारण सडक दुर्घटना पनि बढदो क्रममा रेहको छ । पूर्वपश्चिम राजमार्गमा दिनहुँ हजारौँ सवारी साधन गुडिरहेको हुन्छन् । सवारी साधनको तीव्रता पनि उस्तै हुन्छ । यही सडकमा छाडा छोडिने पशुका कारण गैँडाकोट १० मुकुन्दपुरका स्थानीय हैरान भएका छन् । स्थानीय डिल्लीराम रेग्मी भन्नुहुन्छ “ खेतबारीमा लगाइएको बालि नष्ट गरेका छन्, सडकमा पनि दुर्घटनाका लागि खतरा बनेका छन्, रातीको समयमा यहाँ लिएर आएर छोड्ने गरिएको छ, दुई चारसय लिए अनि बाछालाई सार्वजनिक ठाँउमा छोडीदिने गलत प्रवृत्तिले साह्रै दुःख भएको छ ।” गैँडाकोट १० का स्थानीयहरु आफ्नो बालिनाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ ।
दुई चारवटा गाईवस्तुलाई बाँधेर राखेर पनि समस्याको समाधान नहुने भन्दै स्थानीय भ्रन्छन्, कति सम्म हामीले नियन्त्रणमा लिने । घाँस, दानापानीकै समस्या हुन्छ बरु सम्बन्धित नियकाले यसको नियन्त्रणकालागि उचित प्रवन्ध मिलाए राम्रो हुने उनिहरुको भनाइ छ । बाछा जन्मेपछि उत्पादन धेरै नहुने भन्दै पशु सडकमा छोडिने प्रवृत्ति छ । मुकुन्दपुरमा धेरै गाइ फार्मसमेत रहेका छन् । गाईफार्ममा पसेर छाडा पशुले फार्ममा राखिएका दाना, घाँस खाएर आजित बनेको स्थानीय कृष्ण गौतमले बताउनुभयो । गाईवस्तुका लागि दिनभर दाना घाँसको व्यवस्था गर्न अप्ठेरो भएपछि दिनभर छाडा छोडिएको र यो प्रवृत्ति गलत भएको केही स्थानीयको प्रतिक्रिया रहेको छ । किसानको खेतबाली मात्र नभएर अस्तव्यस्त रुपमा छोडिएका पशुले सडकमा ट्राफिक जाम बनाउने, सवारी चालकलाई झुक्कीने कारण दुर्घटना समेत हुने गरेको स्थानीय हेमकला सुवेदीले बताउनुभयो । नवलपरासीको गैँडाकोट, कावासोती, चोरमारा र दाउन्ने क्षेत्रको जंगलमा गाइवस्तु छाडा छोड्ने गरिएको भेटिएको छ ।
समाधानका लागि स्थानीयको सुझाब
गैँडाकोट १० का दधिराम सुवेदीले किसानका लागि बाछा अनुत्पादक हुने भएकाले यस्तो समस्या सिर्जना भएको बताउनुभयो । गाई राष्ट्रिय जनावर र धार्मिक दृष्टिकोणले पनि पूजित प्राणि हुँदा पाल्न पनि खर्चले धान्न नसकिने भएकाले छाडा भएको बताउनुभयो । यसका लागि स्थानीय सरकारले व्यवस्थीत गोशाला निर्माण गरि दिनुपर्दछ । गाई राष्ट्रिय जनावर समेत भएका कारण पनि यसको संरक्षणका लागि केही पहल सरकारबाट हुनै पर्ने सुवेदीको भनाई छ । पितौँजीकी धनमाया रेग्मीको पनि उस्तै भनाई छ । उहाँ भन्नुहुन्छ “यसको समस्या साधानका लागि सरकारले ध्यान दिनुपर्दछ, बाछो पनि प्राणि हो व्यवस्थापनका लागि छलफल चलाउनुपर्दछ, बेल्डीयाकाले यता छोड्ने यताकाले बेल्डीया लगेर छाड्ने गर्नु गलत हो ।” केही स्थानीयले भने लाभ मात्र होइन प्राणीबाट फाइदा मात्र होइन, आफ्नो कर्तव्य निर्वाह गर्दै उसको संरक्षण हरेक किसानले गर्नुपर्ने बताउँछन् ।
पन्ध्र बीस दिन भित्र समस्या समाधान
श्रावण ५ गते गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले छाडा पशुको समस्या १५–२० दिन भित्रै समस्या समाधान हुने दाबी गर्नुभएको छ । स्थानीयको समस्या न्यूनिकरणका लागि गैँडाकोट नगरपालिकाले आवश्यक कदम चाल्ने समेत पौडेलको भनाई रहेको छ । सर्वप्रथम व्यवसायिक रुपमा पशुपालन गर्ने व्यवसायिहरुले बाछाको स्वयं व्यवस्थापन गर्नुपर्ने हो । पशु सम्बन्धि केही कानुनहरु रहेका छन् । कृषि सम्बन्धि विभिन्न कार्यक्रम नगरपालीले अघि सारेको छ सोही कार्यक्रम अन्तर्गत छाडा पशुको समेत समस्या समाधान हुने पौडेलको भनाई रहेको छ । प्रम्ुख पौडेलले यसको समस्या समाधानका लागि वडाहरुमा पनि छलफल भइरहेको बताउनुभयो ।
श्रोतः विजय एफ. एम