
हेटौंडा ।
प्रविधिको खेललाई प्रोत्साहन गरी युवाहरुलाई सत्मार्गमा हिँड्न पे्ररित गर्ने मुलभावसहित हेटौंडाबाट प्रसारण हुँदै आएको एकमात्र भुउपग्रह माध्यमको टेलिभिजन नेसनल गोल्डको आयोजनामा नेपालकै ठूलोमध्ये एक मानिने ईस्पोर्ट्स नेसनल गोल्डकप सिजन–१ शुरु भएको छ ।
हेटौंडा स्कुल अफ म्यानेजमेन्टको मुख्य प्रायोजन तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा बिहीबारबाट प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको जेठ १७ गते फाइनल आयोजना गरिने भएको छ ।
जेठ ६ गतेसम्म खुला गरिएको निःशुल्क रजिष्ट्रेसनमा १ हजार टोलीको सहभागिता सुनिश्चित भएको छ । सहभागी प्रत्येक टोलीमा १ जना ब्याकप खेलाडीसहित ५ जनाको सहभागिता छ । क्वार्टरफाइनल, सेमिफाइनल तथा फाइनल खेल हेटौंडाको एक पार्टी प्यालेसमा आयोजना हुनेछ ।
देशभरका १६ वर्ष पूरा भएका खेलाडीहरुको गुगल फर्म अनलाइनमार्फत् रजिष्ट्रेसन गरिएको थियो भने खेल अनलाइनमार्फत् आयोजना हुनेछ । एक पटकमा १२ वटा टिमका ४८ जनाले खेलमा सहभागिता जनाउनेछन् । नेसनल गोल्डको आधिकारिक युट्युब च्यानल तथा पेजबाट र क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल खेल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने कार्यक्रम संयोजक उत्सर्ग चौलागाईंले बताए । १ लाख प्राइज फुल रहने प्रतियोगितामा देशभरबाट सहभागिता छ ।
मकवानपुर जिल्लामा यस प्रकारको पुरस्कार राशिको ईस्पोटर््सको आधिकारिक प्रतियोगिता यो पहिलो रहेको उनको दाबी छ । ‘नेपालको परिप्रेक्ष्यमा भने ठूलोमध्ये एक प्रतियोगिता हुने हाम्रो ठम्याईं छ,’ टेलिभिजन अध्यक्ष उज्ज्वल चौलागाईंले बुधबार पत्रकार भेटमा भने–विशेषतः युवा पुस्तामाझ लोकप्रिय फ्रिफायरको एकमात्र प्रतियोगिता हुनेछ भने सिजन–२ बाट अन्य प्रतियोगितासमेत थप गरिनेछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।