कृष्णउदास खनाल, वीरगन्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साले अबैद्य रुपमा नेपाल ल्याउदै गरेको भारतीय रुपैया सहित दुईजनालाई पक्राउ गरेको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनको आयोजना गरी भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा करिब ३२ लाख भारतीय रुपैया सहित उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको हो । ना.२७ प.३८११ नम्बरको मोटरसाइलबाट नेपाल तर्फ आउनै गरेको अवस्थामा रजतजयन्ती चोकबाट बाराको कलैया निवासी तर अहिले मकवानपुरको हेटौंडा १० बस्ने चितरंजन प्रसादको साथबाट दुई हजारका दरका भारतीय रुपैया २७ लाख ८० हजार रुपैया बरामद गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।
यसरी नै सोही क्रममा भारतीय नागरिक रोहित केशरीको साथबाट दुई हजार दरकै चारलाख रुपैया बरामद गरिएको पनि उनले जानकारी दिएका छन् । उनीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसंधान बिभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ । सो संगै पर्सा प्रहरीले जेठ महिनाको हालसम्म मात्र ४३ लख भारतीय रुपैया बरामद गरेको छ ।
यसअघि जेठ ५ गते १२ लाख ७५ हजार रुपैया भारतीय नोट बरामद भएको थियो । भारतबाट ल्याइएका उक्त नोटहरुको बिषयमा अनुसंधान गर्ने जिम्मा पनि राजश्व अनुसंधानकै भएको पर्सा प्रहरीको भनाइ छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।