काठमाडाैँ। निर्माता सन्तोष सेनले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । प्रेमगीत, प्रेमगीत २ जस्ता हिट चलचित्र निर्माण गरिसकेका सेनले चलचित्रको नाम ’मेरी मामु’ जुराइएको जानकारी दिएका छन् ।
यस चलचित्रमा सन्तोष सेनको छोरा अयुव सेनको मुख्य भूमिका रहने छ । हाल सेनका छोरा अयुव सेन अभिनय सिकिरहेका छन् । ६ वर्षीय अयुव ३ कक्षमा पढ्छन् । चलचित्रमा आमा र छोरा बिचको कथालाई उठाइनेछ भन्ने चलचित्रकाे नामबाट पनि प्रस्ट हुन्छ ।
चाँडै नै पत्रकार सम्मेलन गरी चलचित्रको औपचारिक घोषणा गरिने निर्माण पक्षले जानकारी दिएकाे छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।