काठमाडौँ । बाल विवाह अन्त्य र महिला शशक्तिकरणको विषयमा आधारित कथालाई समेटेर नायिका रेखा थापाको निर्देशनमा बन्दै गरेको फिल्म मालिकाको एक महिना नपुग्दै छायाँकन सकिएको छ ।छायाँकन सुरु गरेको २९ दिनमा फिल्मको सम्पूर्ण काम सकिएको रेखाले बताइन् ।
रेखा आफ्नै निर्माण, निर्देशन तथा अभिनय रहेको मालिकामा जाजरकोटकी कमला ओली मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । फिल्मको छायाँकन जाजरकोट सहित काठमाण्डौं, बनेपा, बाँके लगायत क्षेत्रमा गरिएको छ । टिमको सक्रियता र मौसमले साथ दिंदा समयमै फिल्मको छायाँकन सकिएको रेखाको भनाई छ ।
नर बहादुर कार्की निर्माता रहेको मालिकाको कथा पनि कार्कीकै हो । शिवम अधिकारी फिल्मका स्क्रिप्ट राइटर हुन् । यस्तै फिल्ममा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत छ । कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ ।
मालिका मा निर्माताको रुपमा सरस्वती थापा र तारा थापाको नाम रहेको छ । मालिका बाल विवाह अन्त्य र महिला शशक्तिकरणको विषयमा आधारित छ । रेखाले तिहारमा मालिका रिलिज गर्ने घोषणा गरेकी छन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।