ललित सिंह, बझाङ्ग ।
बझाङ्गको तलकोट गाउँपालिका ३ बस्टी भन्ने ठाँउमा माथीबाट खसेर आएको ढुङ्गा लागेर ग्याबिन जाली भर्ने क्रम्मा काम गरिरहेका बेला ढुङ्गा लागेर दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तलकोट गाउँपालिका ३ बस्टीकी ४५ बर्षकी मिरा रोकाया र सोही गाउँकी ३२ बषर््ाकी जुनकीरी चदारा रहेकी छन् ।
हिजो बिहिबार साझ ६बजी ३० मिनेटमा सो घटना भएको प्रहरीले जनाएको छ ।
जडिबुटी पहँुचमार्ग सडक खण्ड अन्तरगर्तको बस्टी भन्ने ठाउँमा ग्याबिन जाली भर्ने क्रम्मा घटना भएको जडिबुटी पहँचमार्गका साईट ईन्चाज मनोज बोहराले जानकारी दिएका छन् । दुङ्गा लागेर घाईते भएकी दुबै महिलालाई उपचारको लागी जिल्ला अस्पताल सिमखेत ल्याउने क्रममा मिरा रोकायाको बाटैमा मृत्यु भएको र जुनकीरी चदाराको जिल्ला अस्पतालमा उपचार नभएपछि रिफर गर्ने क्रम्मा ऐम्बुलेन्समा राख्दा मृत्यु भएको जिल्ला प्रहरी कार्याल बझाङ्गले जनाएको छ । यस्ता सार्बजनिक काम गर्ने ठाउँमा पुरुष भन्दा स्थानिय महिला बढी कामदारका रुपमा काम गरिरहेको हुन्छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।