कालीवहादुर मल्ल, कालिकोट । अफहरण तथा शारिरिक वन्दक मुद्दामा १५ वर्ष र कर्तव्य ज्यानमा २० वर्ष कैद तोकि ०७३ चैत ११ गते जिल्ला कारागार कालिकोटवाट फरार भएका महाबै गाउपालिका ३ का ३२ वर्षीय हेमन्त शाहीलाई पुनः गिरफ्तार गरेको छ ।
नेपालगञ्ज नगरपालिकाका व्यापारी २४ वर्षीय राजु धिताललाई अपहरण गरी ०६७ सालमा हत्या गरेको अभियोगमा बाँके जिल्ला अदालतले सर्वस्व सहित जन्म कैदको फैसला गरेपछि अभियक्त शाहीलाई जेल कारागर चलान गरी कालिकोट कारागारमा सरुवा गरिएको थियो ।
बाँके प्रहरीको सहयोगका जिल्ला प्रहरी कार्यालय कालिकोटको टोलीले गिरफ्तार गरिएका फ्ररार कैदी शाहीलाई कारागार ऐन ०१९ को दफा २४ को घ अनुसार तोकीएको कैदको डेढी वढाएर सजाए हने कालिकोटका प्रहरी प्रमुख डिएस्पी सुवासचन्द्र वोहोराले वताए । उनका अनुसार कैदी भागेपछि जिल्ला कारगार कालिकोटका इन्चार्ज असइ धनवहादुर पुन प्रहरी हवल्दारमा,प्रहरी हवल्दार संजय कुवर जवानमा र सगै रहेका जवान निलम्वन सहित जेल चलान गरिएको थियो ।
फ्रारर पछि भारतमा वस्ने र नेपालमा जग्गा दलाली गर्दै आएका कैदि शाहीलाई प्रहरीले वाँके जिल्ला कोहलपुर नगरपालिका १४ हवल्दारपुरवाट पक्राउ गरेको हो । कैदी शाही शसस्त्र प्रहरीको असइ हुदा ०५९ सालमा तत्कालिन विद्रोही माओवादी पक्षसँगको भिडन्तमा भालुवाङमा घाइते भएका थिए । घाइते भएपछि उनले प्रहरी पेसावाट जिवन निर्वाह भत्ता पनि खाइरहेका छन ।
शसस्त्र प्रहरी छाडेपछि नेशनल डिफेन्स आर्मि भन्ने अपराधिक समूहको मध्य तथा सुदुर पश्चिम इन्चार्ज भइ काम गर्दा व्यापारी हत्यामा नेतृत्वा दायी भुसमका खेलेको उनि वताउ छन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।