जनकपुरधाम । मैथिली विकास कोषको १८औँ वार्षिकोत्सवका अवसरमा दुई स्रष्टालाई आज पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा गायक एवं संगीतकार सुनिल मल्लिक र साहित्यकार रमेशरञ्जन झा हुनुहुन्छ ।
मल्लिकलाई ‘सलहेश सांस्कृतिक पुरस्कार’ र झालाई डा ‘डा धीरेन्द्र साहित्य–संस्कृति पुरस्कार’ प्रदान गरिएको छ । कोषद्वारा दुवै पुरस्कार विसं २०७० देखि प्रदान गरिँदै आएको छ । यसअघि सलहेश पुरस्कारबाट मिथिला आन्दोलनका शहीद, रामानन्द युवा क्लब, मिथिला नाट्य कला परिषद्, गुरूदेव कामत र परमेश्वर कापडी तथा डा धीरेन्द्र पुरस्कारबाट डा रेवतीरमण लाल, डा राजेन्द्र विमल, रामभरोस कापडि भ्रमर, अयोध्यानाथ चौधरी र रोशन जनकपुरी पुरस्कृत हुनुभएको थियो ।
पुरस्कारका साथ जनही रु ५१ हजार र कदरपत्र छन् । यहाँ आज आयोजित कार्यक्रममा साहित्यकार डा राजेन्द्र विमलले दुवै स्रष्टालाई पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा पुरस्कृत हुने स्रष्टा मल्लिक र झाले मिथिला र मैथिलत्व बोध हुने विशिष्ट सिर्जनातर्फ सबैको ध्यान जानु जरूरी छ भन्नुभयो ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।