टंक सुनार
रुपन्देही,साउन १२ । प्रतिवन्धित लागुऔषध सहित बिहिबार रुपन्देहीको देवदहमा दुई जना पक्राउ परेका छन । लु ९ प १४४० नम्बरको मोटरसाइकलमा आउदै गर्दा उनिहरुलाई जनपद र शसस्त्र प्रहरीको संयुक्र गस्ती टोलिले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–१६ का २४ बर्षिय विरेन्द्र प्रसाद हरीजन र ३७ बर्षिय लक्ष्मण केवट रहेको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिनु भयो । उनिहरुको साथबाट १५० सेट फेनेरागन,डाइजेपाम र नोफिन पक्राउ गरीएको छ । पक्राउ गरीएको लागुऔषधको बजार मुल्य २० देखी २५ हजार पर्ने अनुमान गरीएको छ । उनिहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको छ ।