विनोद सिंह विष्ट, बैतडी ।
राजनितिक खिचातानीले २ बर्षदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको बैतडीको एक विद्यालयमा आईतवार गठन भएको छ । दशरथचन्द नगरपालिका वडा नं १ मा रहेको मणिलेक मावि गुरुखोलामा लामो समयपछि विद्यालय व्यवस्थापन समिति गठन भएको थिएन ।
वडा नम्बर १ का वडा अध्यक्ष समेत रहनुभएका भुवनराज भट्टको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । करीब दुई बर्षपछि गठन भएको विद्यालय व्यवस्थापन समितिको सदस्यमा अमरबहादुर टेर, देवदत्त भट्ट,नन्दा भट्ट,वसन्ती लुहार, विष्णुदत्त भट्ट र द्रोपती भट्ट रहनुभएको छ ।
समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक त्रिभुवनसिंह रावल रहनुभएको छ । नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिले विद्यालयले नमूना बनाउने बताएको छ । विद्यालय व्यवस्थापन समितिमा यूवाहरुको टीम आएकाले विद्यालयमा प्राविधिक शिक्षाको थालनी साथै अन्य कुराहरुलाई पनि व्यवस्थित बनाउने विद्यालय व्यवस्थापन समितिका सदस्य अमरबहादुर टेरले जानकारी दिनुभयो ।
यस्तै यस्तै अभिभावक भेलाले लक्ष्मीप्रसाद भट्टको अध्यक्षतामा शिक्षक अभिभावक संघ समेत गठन गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।