कालाे हरिण शिकारले बलिउड अभिनेता सलमान खानलार्इ निकै तनाव दिने गरेकाे छ । यसका कारण उनले २ रात जेलमा सम्म बिताउनुपर्याे भने यसका लागि उनकाे हत्याकाे षड्यन्त्रसमेत बुनियकाे पाइएकाे छ ।
तर याे षड्यन्त्रलार्इ पुलिसले बिफल पारेकाे छ अर्थात सलमान खानलाई मार्ने योजना बनाउने डन सम्पत नेहरालाई पुलिसले पक्राउ गरेको छ ।
केही दीन देखी सलमानको हरेक गतिविधिमाथि नेहराकाे नजर थियाे । उनले मुम्बई गएर सलमान र उनका बडीगार्डको बारेमा समेत जानकारी लिइसकेको बलिउड मिडियाले जनाएको छ । नेहराले सलमानलाई उनको घरको बाल्कोनीमा आएका बेला गाेली हानेर विदेश भाग्ने योजना बुनेका थिए । नेहराले पछिल्ला दुई महिनादेखि सलमानको प्रत्येक गतिविधीमा निगरानी राखिरहेको बताइएको छ ।
प्रहरीका अनुसार लाेरेन्स बिश्नोई ग्याङले सलमानलाइ ज्यान मार्ने धम्की दिएका थिए । यसकारण उनकाे सुरक्षा बढाइएकाे थियाे ।
गत बुधबार हरियाणाको स्पेशल टास्क फोर्सले विश्वनोई ग्यांगका सदस्य सम्पत नेहरालाई पक्राउ गरेकाे हाे ।
कालाे हरिण शिकार केसमा जोधपुर इलाकाले सलमानलाई पाँच वर्षको जेल सजायँ सुनाएको छ र आजकाल उनी जमानतमा रिहा भएका छन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।