सोनकलि थारु
१६ साउन सुनवल ।
निर्वाचन आयोगले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नामावली संकलन तथा अद्यावधिक कार्य आजबाट साउनको ३२ गतेसम्म नवलपरासीका १५ वटै स्थानीय तहमा फोटो सहितको मतदाता नामावली संकलन र अध्यावधिकको काम भैरहेको जिल्ला निर्वाचन कार्यालय नवलपरासीका प्रमुख अयोध्या प्रसाद भण्डारीले जानकारी दिनुभएको छ । नगरपालिकाको कार्यालय र गाउपालिकाको कार्यालयबाट मात्रै काम हुने र शनिवार समेत काम नरोकिने भण्डारीले बताउनुभएको छ । विहान १० बजेबाट साझ ५ बजेसम्म नाम दर्ता गर्न सकिने छ । सुनवल नगरपलिकाको वार्ड नं १,३,४,५,६र १०को १६ गतेदेखि २० गतेसम्म पुरानो नगरपालिकाको कार्यलय सुनवलबाट नाम दर्ता भैरहेको छ । वार्ड न७ को लागि साउनको २१ गते जनजागृति नि माबि तरगौलीमा ,वार्ड नं ८ को साउन २२ र २३ गते अमर ज्योति प्रबि बैरागनाथ ,वार्ड न २ र ९ को साउन २४ र २५ गते पुरानो गाबिसा भवन स्वाठी ,वार्ड न ११,१२,१३ को साउन २६,२७ र २८ गते वडा न १२को वडा कार्यलय भवन रमनगर र बिबिध कारणले मतदाता नमावली संकलन गर्नेकार्यमा सहभागी हुना नसक्ने मतदाताहरुको लागि साउन २९ गतेदेखि ३२ गतेसम्म सुनवल बजारस्थित पुरानो नगरपलिकाको भवनमा नाम दर्ता गराउन सकिनेछ ।
आयोगबाट यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि गल्ती सच्याउन सक्नेछन् ।तर, स्थानीय तहको निर्वाचनका लागि प्रकाशित मतदाता नामावलीमा नाम भएकाहरुले भने पुनः नाम लेखाउनु नपर्ने बताइएको छ । सम्बन्धित व्यक्तिले आफ्नो मतदाता नमावलीमा नाम दर्ता गराउन नेपाली नगरिकताको परिचयपत्र बसाइसराइ गरेको भए सोको प्रमाण सहित गई नाम दर्ता गराउनु हुन सुनवल नगरपलिकाले जानकारी गराएको छ ।