संवाददाता,
१६ साउन, दाङ । नेपालमा टिक्ने र विक्ने शिक्षानै अहिलेको शैक्षिक आवश्यक्ता रहेको तुलसीपुरमा आज आयोजित शैक्षिक कार्यशाला गोष्ठीका सहभागीले वताएकाछन । सार्वजनिक शिक्षा सुधारमा सरोकार वालाको भुमिका र स्थिानिय तहको निति कार्यक्रम र वजेटका लागि सुझाव विषयक कार्यशाला गोष्ठीको उद्धघाटन सत्रमा टिचफर नेपालका कार्यक्रम संयोजक शिसिर खनालले यस्तोकुरा वताएका हुन । सार्वजनिक विद्यालयमा अध्ययनका लागि आएका वालवालिका धेरै ड्रपआउट हुने वचेकापनि वोर्डपरिक्षामा धेरै असफल भएपछि पलाएन हुने डरलाग्दो अवस्थाले नेपालमा पछिल्लो पुष्ताको भविष्य अन्योलमा रहेको भ्युजयोल प्रस्तुत गरेकाथिए । मानिसको जिवनशैली को सहज असहजता शिक्षामा निरभर हुनेभन्दै तथ्याङका आधारमा ८२प्रतिशत वालवालिका लाई अध्यापन गराईरहेका सामुदायीक विद्यालयमा वोर्ड परिक्षामा मस्कीलले १७प्रतिशत सफल हुन्छन । वढिमा २०प्रतिशत वालवालिका लाई अध्यापन गराउने संस्थागत विद्यालयको वोर्ड परिक्षामा ९०प्रतिशत वालवालिका सफल वनाउन सकेको छ । त्यसैले ८२प्रतिशत वालवालिका को शैक्षिक सुधारमा चासो नदिनेहो भने नेपालको भोलिको चौतर्फी अवस्था नाजुक रहने उनले तर्क गरे। सामुदायीक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि टिचफर नेपाल वाट मास्टरका लागि स्कलरसिप प्राप्त जेहेन्दार युवाहरुलाई कम्तीमा २वर्ष गाउँका सामुदायीक विद्यालयमा अध्यापनका लागि पठाउने गरेको पनि उनले जानकारी दिए । सामुदायीक विद्यालयमा विशेष गरि वालवालिका अंग्रेजि, गणित र विज्ञानमा कम्जोर देखिएको भन्दै टिचफर नेपालले शिक्षक पठाएका विद्यालयहरु हल निजि विद्यालय वरावरका रहेको जानकारी दिए । नेपालको शैक्षिक तथ्याङक अनुसार अझैपनि २हजार ३सय वढि अंग्रेजि शिक्षकको पदपुर्ति हुन नसकेको भन्दै टिच फर नेपालले अहिले सम्म सिन्धुपाल्चोक र ललितपुर का ६हजार विद्यार्थीहरुलाई २सय शिक्षक हरुवाट अध्यापन गराईरहेको र सन २हजार ३०सम्म ६हजार शिक्षकहरुलाई सामुदायीक विद्यालयमा परिचालन गर्ने लक्ष्य लिएको वताएकाथिए । गोष्ठीमा रीडमोर नेपालका दुर्गेश योगीले सामुदायीक अध्ययन केन्द्र स्थापना ,सञ्चालन र त्यसवाट प्राप्त गर्न सकिने शिक्षा र सुचनाका वारेमा जानकारी गराएकाथिए । सवै शिक्षा र सुचना प्राप्त गर्न सकिने सामुदायीक अध्ययन केन्द्र दाङको गढवामा सञ्चालनमा आएको कार्यक्रममा जानकारी गराईएको थियो । नगर उपप्रमुख माया आचार्यको सभापतित्व एवं नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई शैक्षिक शहरका रुपमा विकास गर्ने वताउनुभएको छ । महानगरलाई समृद्ध हरियाली स्वच्छ श्वशासन युक्त नमुना शैक्षिक शहरका रुपमा विकास गर्न सवै नगरवासीको सहयोग सदभावको खाँचोआफुलाई रहेको उनले वताए । कार्यकारी अधिकृत टोपेन्द्र केसीको स्वागत मन्तव्य वाट शुरुभएको गोष्ठीको सहजीकरण रक्षाचौर श्रोत व्यक्ति विष्ण केसीले गर्नुभएको थियो ।