चितवन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरलाई अन्तर्राष्ट्रिय स्तरको महानगर बनाउने उद्घोष गर्नुभएको छ ।
चितवनको भरतपुर महानगरपालिकाले आयोजना गरेको महानगरको एकीकृत विकास गुरुयोजना निमार्णका लागि अवसर,चुनौति र भाबी कार्यदिशा विषयक गोष्ठिमा वोल्दै उहाँले भरतपुर प्रचुर सम्भाबना भएको महानगर भएकाले यसलाई विकासको नयाँ मोडेलमा अघि बढाउनुपर्ने बताउनुभयो ।
उहाँले नवलपुर र मकवानपुरलाई समेटेर एकिकृत रुपमा विकास गरिने जानकारी दिनुभयो । प्रचण्डले नारायणी र राप्तीमा तटबन्ध सहितको रिङ रोड र स्काई रेलको परिकल्पना गरिएको भन्दै यसलाई छिट्टै सार्थकता दिने बताउनुभयो । ठोरी केरुङ सडक निमार्णका लागि सुरुङ मार्ग वनाउने वारे पनि छलफल भईरहेको प्रचण्डले स्पष्ट पार्नुभयो ।
राजनीतिक संक्रमणकालको अन्त्य भएकोले अव विकास र सम्वृद्धिवाट भाग्ने छुट नेताहरुलाई नभएको प्रचण्डको भनाई छ । यहांसम्म आईपुग्न १२ वुदे सहमति हुदै थुप्रै चरणहरु पार गरेकोले अव राजनीतिक विषयलाई लिएर खिचलो गर्र्नुपर्ने विषय सकिएको उहाँले बताउनुभयो ।
नेपाल, भारत र चिनको विचमा रहेकोले विकासको लागि निकै ठूलो योगदान यी दुवै राष्ट्रबाट हुने विश्वास प्रचण्डले व्यक्त गर्नुभयो । अहिले चिन र भारतवाट पनि आफुलाई निम्तो आएको उल्लेख गर्दै प्रचण्डले केही समयपछि हुने भ्रमणमा पनि विकास मात्रै एजेण्डा मात्रै रहने वताउनुभयो ।
प्रचण्डले स्थिर सरकारले ल्याएको बजेट विगतको नौ महिने सरकारहरुले ल्याउने बजेटजस्तो नहुने टिप्पणी गर्नुभयो । छोटो अवधिको सरकारले लोकप्रिय कार्यक्रम ल्याएर तत्काल भोट तान्ने योजना बनाए पनि ५ वर्षका लागि बनेको सरकारले मुलुकको आर्थिक अवस्था हेरेर बजेट बनाएको बताउनुभयो ।
‘विगतमा मौका पाएको बेलामा जनतालाई संवेदनशील बनाएर, भावु्क बनाएर दुई चारवटा लोकप्रिय कार्यक्रम ल्याएर भोट तथानिहालौं भन्ने थियो’ उहाँले भन्नुभयो– ‘५ वर्ष जाने सरकारले देशको आर्थिक अवस्था हेरेर, राष्ट्रप्रति जिम्मेवार भएर बनाएको बजेट र छिटै लोकप्रिय हुन बनाएको बजेट फरक हुन्छ ।
अहिलेको सरकारले पहिलो वर्ष एक नम्बर, दोस्रो वर्ष २ नम्बर, तेस्रो नम्बर तीन नम्बर गियरमा गुड्ने र चौथो वर्षमा उडान गर्ने प्रचण्डले दावी गर्नुभयो । ‘पहिला एक नम्बर गियर, अर्को वर्ष दुई नम्बर गियर, तेस्रो वर्ष तीन नम्बर गियर र त्यसपछि उडान भर्दा त जनताले देखिहाल्छ’ उहाँले भन्नुभयो ।
कार्यक्रममा अर्थ एवम् योजनाविज्ञ डा. शुरेशराज आचार्य लगायतको टोलीले भरतपुर महानगरलाई सम्वृृद्ध र दिगो विकासमा लैजान अब वन्ने गुरुयोजना महत्वपूर्ण हुने वताएका थिए । चितवनवाट प्रतिनिधत्व गर्ने सासंद,उद्योगी व्यवसायी र राजनीतिक कर्मीहरुले योजना वनाउदा कम्तीमा पनि ५० वर्षलाई हेरेर बनाउन सुझाव दिए । सो अवसरमा भरतपुर महानगरका प्रमुख रेनु दाहालले आफ्नो टिम भरतपुरलाई कसरी व्यवस्थित र दिगो विकासमा लैजान सकिन्छ भनेर काम गरिरहेको दाबी गर्नुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।