नेपाल समाचारपत्र, बाँके । पूर्वमन्त्री जनार्दन शर्मालाई स्थानीय जनप्रतिनिधिले सामूहिक रुपमा नेपालगन्ज–दिल्ली हवाई उडानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाको पहलमा बसेको सर्वपक्षीय बैठकले सरकारलाई नेपालगन्ज–दिल्ली उडानका लागि औपचारिक प्रस्ताव अगाडि बढाउने व्यवस्था मिलाइदिन नेता शर्मालाई आग्रह गरिएको हो ।
बा“केका मुख्य राजनीतिक दलका प्रमुख, आठवटै पालिका प्रमुख, प्रदेश तथा संघका सांसदसहितको बैठकले भारत सरकारस“ग अनुमतिको लागि आवश्यक पहल गरिदिन प्रधानमन्त्री समक्ष लिखित माग गर्ने निर्णय पनि गरेको छ ।
उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शमशेर राणाको अध्यक्षतामा पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, होटल अर्गनाइजेसनका प्रमुखको समेत सहभागितामा सम्पन्न बैठकले तत्काल नेपालगन्ज विमानस्थलबाट दिल्लीसम्म बुद्ध एयरसहित विभिन्न वायुसेवा कम्पनीबाट समेत माग भइ आएको भारत सरकारस“ग अनुमतिको लागि आवश्यक पहल गरिदिन हुन प्रधानमन्त्रीसमक्ष अनुरोध गरेको छ ।
हवाई उडानको लागि आवश्यक पूर्वाधारको व्यवस्थाको लागि सम्बन्धित निकायहरुमा समेत पहल गरिदिन अनुरोध गरिएको छ । शर्माले नेपालगन्ज–दिल्ली उडानले पश्चिम नेपालको समग्र विकासमा मद्दत पु¥याउने विश्वास गर्दै दबाबले नभई योजनाबद्ध रुपमा माग अघि बढाइनु पर्ने सुझाव दिनुभयो । उहा“ले प्रधानमन्त्री र पर्यटनमन्त्रीस“ग आफूले पहल गर्ने पनि विश्वास दिलाउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।