काठमाडौं । अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपसहित केपी ओली नेतृत्वको सरकारले बन्द गर्ने निर्णय गरेको संयुक्त राष्ट्रसंघीय राजनीतिक मिशनको कार्यालय कर्मचारीहरुलाई तीन महिनाभित्र नेपाल छोडेर जान निर्देशन दिएको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार उक्त मिशनमा कार्यरत कर्मचारीहरुलाई बोलाएर यस्तो निर्देशन दिइएको हो । सूत्रका अनुसार नेपालबाट बाहिरिने योजनाबारेमा छलफल गर्न भन्दै बोलाएको बैठकमा उनीहरुलाई कुटनीतिक मर्यादा अनुसार तीन महिनाभित्र देश छोडिसक्नुपर्ने प्रावधानबारे संस्मरण गराइएको एक अधिकारीले जानकारी दिए ।
गत साता मन्त्रिपरिषद बैठकद्वारा निर्णय गरेर बन्द गरिएको काठमाडौँस्थित राष्ट्र संघको ‘डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स’ (डिपिए) मा कार्यरत अधिकृत तथा कर्मचारीलाई नेपालबाट फिर्ता हुन सरकारले आवश्यक सहयोग गर्ने र समन्वय गर्ने जानकारी गराएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।