नेपाल समाचारपत्र, बारा ।
बारामा जंगली हात्तीले आक्रमणमा परेर एक वृद्धको बुधबार बिहान ज्यान गएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका ११ रतनपुरीका ६५ वर्षिय ईन्द्र बहादुर थिङ्ग रहेका छन् ।
गर्मीका कारण घर नजिकैको आँपको रुख मुनि सुति रहेका वृद्धथिङ्ग बिहान करिब ४ बजे जंगली हात्तआक्रमणमा परेका हुन । थिङ्गको घटनास्थलमा नै मृत्यु भएको स्थानीय शिक्षक सागर दहालले जानकारी दिए । थिङ्गको शव सुति रहेको स्थानबाट करिब १५ मिटर पर मकैबारीमा फेला परेको हो ।
वन क्षेत्र नजिकै रहेको बस्तीमा राती ११ बजे देखापरेको सोही हात्ति बिहान पुन बस्तीमा परेर थिङ्गको ज्यान लिएको गाँउलेहरुको भनाई छ । पर्सा वन्य निकुञ्जको विस्तारसंगै रतनपुरी क्षेत्रमा वन्य जन्तुको प्रकोप बढेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।