हेटौडा, (नेस)
हेटौंडामा दोस्रोे पटक आँखाको नानी संकलन गरिएको छ । हेटौंडा–५ निवासी प्रेमलाल श्रेष्ठ र टीकालाल श्रेष्ठले आफ्ना पिता स्व. सर्गलाल श्रेष्ठको आँखाको नानी दान गरेका हुन् ।
मानिसको मृत्युपश्चात् जलेर खरानी हुने आँखाको नानी दान गरी दृष्टिविहीनलाई दृष्टि प्रदान गर्न आफ्नो बुबाको आँखादान गरिएको जेठा छोरा प्रेमलालले बताए । हेटौंडा सामुदायिक आँखा अस्पतालका प्राविधिकले बुधबार शवदाहस्थलमै पुगेर नानी संकलन गरी अस्पतालमा सुरक्षित राखेका छन् ।
उक्त नानी आवश्यक अन्य दृष्टिविहीनलाई प्रत्यारोपण गर्न तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं लगिने छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।