नेपाली सिने नगरिका कलाकारहरूकाे प्रेम सम्बन्ध, विवाह, डिर्भाेस अादीबारेमा चर्चा चलि नै रहन्छ । यसैबीच लामाे समयदेखि एक अर्काकाे प्रेममा रहेका निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेकाे सम्बन्धले समय समयमा बजार तताउने गर्छ ।
छवि र शिल्पाकाे बिहे गत वर्षकाे दशैँमा नै भइसकेकाे पनि बताइन्छ तर उनीहरूले भने बिहेकाे कुरा अाैपचारिक रूपमा स्विकार गरेका छैनन् ।
तर शिल्पा छविको परिवारको महत्वपूर्ण हिस्सा बनिसकेकी छिन् भन्दा फरक पर्दैन् । छविले लगानी गरेकाे ‘इलाइट सिनेमा’ भोली (बिहीबार) बाट औपचारिक रुपमा सञ्चालन हुँदैछ । छविले बुधबार इटहरीमा आफ्नै लगानीमा खुलेको ‘इलाइट सिनेमा हल’ मा आफ्नी आमा लगायत शिल्पा, छाेरा साकार र अन्य सदस्यहरूसंग आफैले निर्माण गरेको चलचित्र ‘मंगलम’ देखाएका छिन् ।
यसैबीच छविले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्- ‘आज मेरी ९५ बर्षकी आमा लगयत सम्पूर्ण ओझा परिवारले चलचित्र मंगलम पहिलो चोटी ईलाइट सिनोमा ईटहरीमा मंगलम हेरेका छाैँ। यहाँहरूको अार्शिवाद, सहयोग र उपस्थिती प्रति हार्दिक आभारी छु।’
छविले ‘सम्पूर्ण ओझा परिवार’ भन्दै आफ्नी आमा, छोरा साकार ओझा र नायिका शिल्पा पोखरेलको तस्बिर समेत राखेका छन् । यसबाट पनि सजिलै अनुमान लगाउन सकिन्छ कि शिल्पा ओझा परिवारकाे धेरै नै महत्वपूर्ण हिस्सा भने भइसकेकी छिन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।