बुटवल/सचिन पंगेनी
प्रिती चाउचाउको “भोक जरुरी छ” अभियान अन्तर्गत बुटवलका कृष्ण चौहान क्षेत्री सम्मानित हुनभएको छ । एसियन थाईफुडको उत्पादन प्रिती चाउचाउका मिडिया म्यानेजर बसन्तमान श्रेष्ठ र बुटवल एरिया सेल्स म्यानेजर दिपक बास्तोलाले १ लाख रुपैयाको उक्त सम्मान चौहानलाई प्रदान गर्नुभयो ।
चौहान नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देहीका अध्यक्ष हुनुहुन्छ । सम्मान पछि बोल्दै चौहानले रक्तदाताले निशुल्क मानविय सेवाले दान गरेको रगत बिरामीले पनि निशुल्क पाउनु पर्दछ भन्दै यसको लागि स्थानीय तहले जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।
उनले भने—‘मैले यति ठूलो राशीको सम्मान पाउछु भन्ने लागेको थिइन,यो सम्मानले मलाइ थप क्रियाशिल बनाउने अपेक्षा लिएको छु ।
५३ पटक रक्तदान गरिसकेका उनले सबैले रक्तदान गर्ने बानी बसाल्न आग्रह गरे ।
‘निशुल्क लिएको रगत बेच्न पाइदैन ,अब रगत निशुल्क उपलब्ध हुनुपर्छ र सबैले सहज रुपमा पाउनुपर्छ – उनले भने ।
‘बजारमा रगतको ब्यापार हुन थालेको छ अब सबैमिलेरै रोक्नुपर्छ यस्को थालनी बुटवलबाटै हुनेछ । उनले थप प्रष्टपारे ।
सो अबसरमा थाइ फुड्सका मिडिया म्यानेजर बसन्त श्रेष्ठ,एरिया म्यानेजर दीपक बास्तोला,रेडक्रसका मन्त्री कृष्ण पंगेनी,भिष्म केसी,समाजका उपाध्यक्ष सुरेन्द्र शाक्य लगायतले बोल्दै समाजसेवालाइ निरन्तरता दिन आग्रह गरे ।
रुपन्देहीमा रगतको माग दैनिक ७० र आपूर्ति ५० हुने गरेको छ ।