काठमाडौँ । धेरै पैसा कमाउने लोभमा मुख्य सचिव पदनै छाडेर एसियाली विकास बैंक (एडिबी)मा जागिर खान गएका डा सोमलाल सुवेदीको जागिर चट् भएकाे छ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुवेदीलाई फिर्ता बोलाउँदै अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बस्कोटाले जानकारी दिए ।
उपकार्यकारी निर्देशकमा जागिर खान उनले व्यापक आलोचनापछि मुख्यसचिवबाट राजिनामा दिएका थिए । सुवेदीले मुख्यसचिवको जागिर छाडेर फिलिपिन्सको मनिलामा एडिबीको जागिर खान गएको भन्दै तत्कालीन विपक्षी दल नेकपा एमालेका सांसद रेवतीरमण भण्डारी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल लगायतले सुवेदीको संसदमै चर्को बिरोध गरेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।