आफ्नो टिम पराजित भएको एक वर्षपछि ब्राजिलका एक फुटबल प्रशंसकले इटालीका प्रख्यात खेलाडी पाउलोमाथि रिस पोखेका थिए। सन् १९८२ विश्वकपको सेमिफाइनलमा पाउलो रोसीको याट्रिकका कारण ब्राजिल फाइनलमा पुग्नबाट वञ्चित भएको थियो।
त्यसको एक वर्षपछि अर्थात १९८३ मा रोसी ब्राजिलमा हुने एक प्रतियोगितामा भाग लिन उनी रियो दी जेनेरियो पुगेका थिए। विमानस्थलबाट उनी एउटा ट्याक्सी लिएर गन्तव्यतिर लागे। र, बाटोमै ट्याक्सी चालकलाई आफ्नो परिचय दिए। उनको परिचय पाउनासाथ ट्याक्सी चालकले ट्याक्सी रोकेर पाउलो रोसीलाई ओरालीदियो। बीच बाटोमै उत्रनु परेकोमा रोसी आश्चर्य मान्दै थिए की ट्याक्सी चालकले रिसको सुरमा भन्यो– ‘तिमीले गत वर्ष हामी (ब्राजिल) सित यस्तै पनि गरेका थियौं।’
फुटबलको लोकप्रियताका कारण कति पटक सानातिना नियम कानुनहरू उल्लंघन हुने गरेका छन। मेक्सिकोमा आयोजित सन १९८२ को विश्वकपको फाइनल खेलको दिन पनि यस्तै भयो। इटालीको राजधानी रोमको रेबिबियो जेलको सामान्य नियम उल्लंघन गरेर कैदीहरूलाई टेलिभिजनमा उक्त फाइनल खेल हेर्ने छुट दिइयो। त्यही खेलका लागि भनेर जेलमा २१ वटा टेलिभिजन सेट पनि जडान गरिएका थिए।
(स्रोतः साधना,पूर्णाड्ढ–२०, विश्वकप फुटबल ९४ विशेषांक)
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।