काठमाडौ । मुभी मेकर्सको ब्यानरमा फिल्म ‘कस्मिक लभ’ निमार्ण हुने भएको छ । शुक्रबार विहान होटल अन्नपूर्ण काठमाडांैमा एक भव्य कार्यक्रमको आयोजना गरि फिल्मकर्र्मी र पत्रकार माझ यो फिल्मकोे शुभ मुहुर्त सम्पन्न गरिएको छ ।
फिल्ममा प्रशान्त ताम्राकार, रविन तामाङ्ग, अर्पण थापा, दिया मास्के लगायतका कलाकारहरुको मुख्य अभिनय रहने छ । यसै फिल्मबाट नव कलाकार रिजन थापा र पूजन थापाले डेब्यु समेत गर्दैछन् । फिल्मका अन्य कलाकारहरु भने अझै फाईनल हुन बाँकी रहेको निमार्ण पक्षले बताएको छ । फिल्मलार्ई बि.एस बलामी तथा एस अधिकारीले सयुक्तरुपमा निर्देशन गर्दै छन् ।
फिल्ममा शेखर ज्ञावालीको कथा , बाबु गिरिको संगीत, सुरेश बज्राचार्यको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बाबु साहेबको द्वन्द्व रहने छ । कस्मिक लभका निर्माता भने जे गौतम रहेका छन् ।
साथै मुभी मेकरद्धारा प्रत्येक तीन महिनामा एउटा फिल्म गर्ने गरि १० वटा फिल्म निर्माण गर्ने अनौपचारिक घोषणा समेत गरेका छन् । जस मध्ये ६ फिल्मको नाम दर्ता भैसकेको छ भने बाँकी ४ दर्ताको क्रममा रहेको निर्माता जे गौतमले जानकारी दिनुभयो ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।